बिहिबार, १३ बैशाख २०८१

नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

१३ आश्विन २०७६, सोमबार १५:३३ मा प्रकाशित

काठमाडौँ, १३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभयो । नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो । साथै उहाँले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गर्नुभयो । घोषणापछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गडगडाहटले स्वागत गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter