मङ्गलबार, ०४ बैशाख २०८१

बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

१३ आश्विन २०७६, सोमबार १४:२८ मा प्रकाशित

बेझाड ९पाल्पा०, १३ असोज  पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम सङ्कलन भएको छ । विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो । शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित ऋषिकेश पोखरेलले कथाअनुसार झाँकीसहित सङ्गीतमय शैलीमा कथा वाचन गर्नुभएको थियो । महोत्सव अवधिभर २० हजार दर्शकले अवलोकन गरेका शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । यही असोज १ देखि ८ गतेसम्म चलेको शैक्षिक तथा धार्मिक महोत्सवमा रम्भा¬–१ हुँगी बस्ने भीमसेन पछाईले सबैभन्दा बढी रु एक लाख ११ हजार १०१ रकम सहयोग गर्नुभएको छ । यसै आर्थिक वर्षदेखि विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कृषि बाली विज्ञान विषय पढाइ भइरहेको छ । कृषि बाली विज्ञानमा हुँगी क्षेत्रका २७ जना विद्यार्थी अध्ययनरत छन् । रम्भा गाउँपालिकामा पहिलो पटक प्राविधिक धारअन्तर्गत यस विद्यालयमा कृषि बाली विज्ञान पढाइ शुरु गरेपछि स्थानीय अभिभावक खुशी भएका छन् । ¬¬¬सडक अवरुद्ध ः खाद्यान्न अभाव वर्षाका कारण सडक अवरुद्ध हुँदा पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा खाद्यान्न अभाव भएको छ । करीब एक महीनादेखि गाउँमा सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन ठप्प भएपछि शहर बजारबाट गाउँमा खाद्यान्नका सामग्री लैजान नसक्दा खाद्यान्न अभावको सिर्जना भएको हो । रानीबास, झर्लेङ, कोटथर, भञ्ज्याङथोक, बेलौजा, गाबुडाँडालगायतका गाउँमा सञ्चालनमा रहेका किराना पसलमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको अभाव देखिएको छ । वडाको पूर्वी नाका रिमीघा लेकको लभडाँडामा पहिरोले सडक पुरिँदा जीप तथा मोटरसाइकललगायतका सवारी साधन ठप्प छन् । सडक पहिरोले पुरिँदा पैदल हिँड्ने यात्रुलाई समेत गन्तव्यसम्म आवतजावत गर्न समस्या परेको छ । फोक्सिङकोटकै पश्चिम नाका वडा कार्यालय, रानीबास हुँदै तानसेन जाने खण्डको रानीबासको लम्भारमा पहिरो जाँदा सडक अवरुद्घ भएको छ । वडाको झर्लेङ हुँदै तानसेन जाने मोटरबाटो तथा गाबुडाँडा झेस्काङ हुँदै तानसेन जाने बाटोसमेत लामो समयदेखि अवरुद्घ रहेको छ । रम्भा गाउँपालिकाले डोजर लगाएर पहिरो हटाए पनि पटकपटक वर्षाका कारण सडक बन्द हुँदा स्थानीयवासी मर्कामा परेका छन् । लगातार पानी परेका कारण सडक सरसफाइ गर्न समस्या परेको वडाध्यक्ष उमानसिं सारुले बताउनुभयो । दशैँ पर्वको मुखमा सडक अवरुद्ध हुँदा अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा गाउँदेखि बाहिर बसोबास गरेका नागरिकलाई गन्तव्यस्थलमा पुग्न समस्या परेको स्थानीय एवत सारुले बताउनुभयो । लामो समयसम्म सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या परेको छ । गाउँपालिका केन्द्र पिपलडाँडा र सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter