शुक्रबार, १६ चैत २०८०

वर्तमान संविधान जनताले निर्माण गरेको ः पूर्वसभामुख नेम्वाङ

१३ आश्विन २०७६, सोमबार १४:१४ मा प्रकाशित

इलाम, १३ असोज  पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभएको छ । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताउनुभयो । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताउनुभयो । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उहाँको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताउनुभयो । जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उहाँले बताउनुभयो । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले कति विकास भएको छ आफँै देख्न सकिन्छ ।” जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उहाँको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter