बिहिबार, १३ बैशाख २०८१

३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

१३ आश्विन २०७६, सोमबार १४:०८ मा प्रकाशित

अमरगढी, १३ असोज  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानीको उपभोग गर्न पाएका छ । जिल्लाको २८ हजार ४३४ घरधुरीमध्ये १९ हजार ६६९ घरधुरी मात्र आधारभूत खानेपानीबाट लाभान्वित भएको कार्यालयले जनाएको छ । जिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा २६ प्रतिशत घरधुरीले आधारभूत खानेपानी नपाएको कार्यालयले जनाएको छ । आगामी पाँच वर्षभित्र जिल्लालाई पूर्णरूपले आधारभूत खानेपानी पु¥याउने अभियानमा रहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter