बिहिबार, १३ बैशाख २०८१

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

१३ आश्विन २०७६, सोमबार ११:२७ मा प्रकाशित

गलकोट, १३ असोज  म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्नुभएको हो । रोकामगर र उहाँको परिवारद्वारा आयोजित स्वास्थ्य केन्द्रमा शुरु भएको निःशुल्क दन्त शिविरमा मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहनुभएका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिकको औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरिएको बताउनुभयो । शिविर आइतबार सम्पन्न भएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई लक्षित गरी आयोजित निःशुल्क दन्त शिविरमा ७०० बढीले सेवा लिएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter