बुधबार, १२ बैशाख २०८१

अविरल वर्षाले जनजीवन प्रभावित

१३ आश्विन २०७६, सोमबार ११:१५ मा प्रकाशित

लहान, १३ असोज  विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको धेरै ठाउँमा बाटो हिलाम्य भएको छ । निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अवैध पटाकासहित दुई युवक पक्राउ अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक पदार्थ पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो । भारतीय बजार लदनियाबाट स ६ प ६४७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा ३५० प्याकेट नागीन पटाका बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter