बिहिबार, ०६ बैशाख २०८१

मैथिली साहित्य परिषद्मा दत्त निर्वाचित

१२ आश्विन २०७६, आईतवार १२:०३ मा प्रकाशित

सप्तरी, १२ असोज  मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी हुनुभएको छ । राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताउनुभयो । परिषद् उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, उपसचिवमा पङ्कजकुमार झा र कोषाध्यक्षमा अमरकान्त झा निर्वाचित हुनुभएको छ । सदस्यमा जीवछ दास, मिथिलेशकुमार यादव, चन्दनकुमार यादव, भुपेशकुमार भुप, विद्यानन्द राम र ध्रुवकुमार मण्डल निर्वाचित हुनुभएको छ । कूल ७६७ मतदाता रहेको परिषद्को निर्वाचनमा ४८५ ले मतदान गर्नुभएको थियो । मतदानका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव, पूर्वशिक्षामन्त्री तथा सङ्घीय सांसद रेणुकुमारी यादव, पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव, इतिहासविद् डा पीताम्वरलाल यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अवधेशकुमार झा, सप्तरीकी प्रथम महिला शिक्षक बच्ची मिश्रा, राजविराज नगरकी उपप्रमुख साधना झा, वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डे, नायिका डोली सरकारलगायत सहभागी थिए । विसं २०२६ मा स्थापित परिषद्ले मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र संवद्र्धनको काम गर्दै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter