शुक्रबार, १६ चैत २०८०

चार डाँका पक्राउ

९ आश्विन २०७६, बिहीबार १२:१४ मा प्रकाशित

धनुषा, ९ असोज  आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरिएको हो । जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्नि्सिङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्नि्सिङमा लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको निरीक्षक कार्कीले बताउनुभयो । डाँकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ । उनको अवस्था समान्य रहेको छ । डाँकाको साथबाट हतियार तथा औजार बरामद गरिएको छ । गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन् । उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ । सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन् । घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter