शनिबार, ०८ बैशाख २०८१

भूकम्पको कारणले पाकिस्तानमा १९ को मृत्यु ३०० घाइते

८ आश्विन २०७६, बुधबार १६:३८ मा प्रकाशित

भदौ ८, इस्लामावाद
पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ । मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भन्नुभयो, “पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ जना को निधन भएको जानकारी आएको छ । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।”

भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको जानकारी पनि उहाँले दिनुभयो ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको मिरपुरमा सबैभन्दा बढी घाइते भएका रिपोर्टहरूमा उल्लेख गरिएको छ । उद्धार गरिएका सबै घाइतेलाई स्थानीय अस्पतामा उपचारका लागि पठाइसकिएको छ भने सरकारले उक्त क्षेत्रमा सेनासहितको टोलीलाई उद्धारका लागि पठाएको छ ।

झड्का पाकिस्तानको पञ्जाव तथा ख्यबर पाक्थुङ्ख्याका केही भागमा प्रष्ट महशुस गरिएको छ । यस्तै भूकम्पको झड्का भारती सीमा क्षेत्रका साथै राजधानी दिल्लीमा पनि महशुस गरिएको छ । भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूलाई क्षति पुगेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter