बुधबार, १२ बैशाख २०८१

वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह विजयी

८ आश्विन २०७६, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौँ, ८ असोज  नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७आँै साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुुनुभएको छ । उहाँले कूल ३३० मत प्राप्त गर्नुभएको थियो । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिनुभएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी हुनुभएको छ । यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गर्नुभएको छ । सङ्घको अध्यक्षमा विजयी भएपछि गैरेले सङ्घलाई सबै व्यवसायीको साझा मञ्चका रुपमा विकास गरेर लैजाने बताउनुभयो । सङ्घको निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter