शुक्रबार, १६ चैत २०८०

विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे

२९ भाद्र २०७६, आईतवार १२:१५ मा प्रकाशित

इटहरी, २९ भदौ  कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखापरेकाहरुको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । अन्य आँखाका बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter