सोमबार, ०६ असोज २०७६

नेपालद्वारा ताजकिस्तान पराजित

२४ भाद्र २०७६, मंगलवार १५:३९ मा प्रकाशित

काठमाडौँ, २४ भदौ  किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । गीता रानाले प्रहार गरेको फ्रिकिक बललाई सदुपयोग गर्दै सावित्राले हेड गोल गरिन् । अब नेपालले उपाधिका लागि यही भदौ २६ गते हुने फाइनल खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । जसमा आयोजक किर्गिस्तान र ताजकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter