शुक्रबार, ०७ बैशाख २०८१

गाईपालनतर्फ किसान आकर्षित

२४ भाद्र २०७६, मंगलवार ११:११ मा प्रकाशित

इनरुवा, २४ भदौ  सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । जिल्लामा आव २०७४÷०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको थियो भने आव २०७५÷०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आव २०७४÷०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५÷०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ । त्यसैगरी आव २०७४÷०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५÷०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । त्यसैगरी आव २०७४÷०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५÷०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेका उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter