बिहिबार, १३ बैशाख २०८१

नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

२० भाद्र २०७६, शुक्रबार १६:२१ मा प्रकाशित

काठमाडौँ, २० भदौ  श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई छोट्याएर ४२ ओभरमा झारिएको थियो । नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल केही समयको लागि प्रभावित बनेको थियो । नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका हुन । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे । आसिफ शेखले ७ रन जोड्दा अर्का शुरुआती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए । श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन÷तीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक÷एक विकेट झारे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter