बिहिबार, १३ बैशाख २०८१

कर्णाली विकासको डिजिटल नक्सा तयार हँुदै

२० भाद्र २०७६, शुक्रबार १२:३१ मा प्रकाशित

जुम्ला, २० भदौ  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताउनुभयो । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड दिनुभयो । अब विकासका लागि हामी ठूला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्छौँ, उहाँले भन्नुभयो, तयार भएका योजनाहरुलाई कार्यान्वयनमा लैजान्छौँ । सरकारले विकासका लागि पूर्वाधार क्षेत्रको परियोजना बैंक तयार गरेको जनाउँदै उहाँले भन्नुभयो, प्रदेशको समानुपातिक विकासका लागि हामीले २४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गबाट बजेट विनियोजन गरेका छौँ । कर्णालीलाई कृषि पर्यटनका रुपमा विकास गर्न जमीनको व्यवस्थीकरण गर्ने उहाँको भनाइ थियो । यसका लागि मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक पाठ्यक्रम तयार गरिरहेको उहाँले बताउनुभयो । कर्णालीको निरक्षरतालाई पूर्णरुपले हटाउन प्रदेश सरकारले लिएको साक्षरता अभियानलाई लक्ष्यविन्दुमा पु¥याउने उहाँको भनाइ थियो । राजनीतिका लागि विकास गर्ने संस्कार हटाउनु आजको आवश्यकता रहेको बताउनुभएका उहाँले सुर्खेत–हिल्सा सडक निर्माणमा सरकारले प्रधानता दिएको बताउनुभयो । सङ्घीय सरकारले अधिकार नदिएकाले कर्णालीको अपेक्षित विकास हुन नसकेको उहाँको भनाइ थियो । (तस्वीर उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter