शुक्रबार, ०७ बैशाख २०८१

पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

२० भाद्र २०७६, शुक्रबार १०:२२ मा प्रकाशित

चिप्लेढुङ्गा, २० भदौ  विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिएको छ । स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट शहरका प्रविधिहरु, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान र पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ । केन्द्रले यसअघि भुटान, युगान्डा लगायतका देशमा सञ्चालन गरेका परियोजनाहरु सफल भएका छन् । सम्झौतापछि तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरीतगृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो अवसरमा पोखराका प्रमुख जिसीले नेपालमा लगानीमैत्री बातावरण बनिसकेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्दै हरितगृह ग्यासको उत्पादन कम गर्न नेपाल कटिबद्ध रहेको बताउनुभयो । पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरुयोजना तयार भई कार्यान्वयनमा समेत अगाडि बढ्ने उहाँको भनाइ थियो । टान पश्चिमाञ्चलको स्थापना दिवस ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आफ्नो २७ औँ स्थापना दिवस मानव सेवा आश्रममा वृद्धवृद्धा, असहाय र असक्तसँग मनाएको छ । पदयात्रा व्यवसायीको छाता सङ्गठन टानले व्यावसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो स्थापना दिवस मानव सेवा आश्रममा मनाएको हो । आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस, नगद सहयोग गरेर मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले बताउनुभयो । मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै केन्द्रविन्दुमा राखेर सामाजिक सेवाभावबाट अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले बताउनुभयो । आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले मानव–मानवबीचको सम्बन्ध र दूरीलाई नजिक ल्याउन सक्नु नै उत्कृष्ट सेवा भएको बताउनुभयो । एक–अर्काप्रतिको माया र सम्मान अनि मानवीयताले समाजलाई सकारात्मकता पैदा गर्ने उहाँको भनाइ थियो । स्थापना दिवसमा आश्रम सम्झेकोमा संस्थालाई आभार व्यक्त गर्नुभयो । सोही अवसरमा टानले आफ्नो संस्थाका संस्थापकलाई समेत सम्झेको छ । अध्यक्ष हरि भुजेल नेतृत्वको कार्यसमितिले बिहीबार संस्थापक अध्यक्ष रामबहादुर श्रेष्ठलाई उहाँकै निवासमा पुगेर भेटी खादा लगाएर सम्मान गरेको संस्थाका उपाध्यक्ष सुशील पौडेलले बताउनुभयो । “इतिहास बिर्सनु हँुदैन, अग्रजको योगदानकै कारण संस्थाले आज २७ औँ स्थापना दिवस मनाउन सफल भएको हो”, पौडेलले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter