मङ्गलबार, ११ बैशाख २०८१

नाराको निर्वाचन भदौ २४ मा

१८ भाद्र २०७६, बुधबार १२:१७ मा प्रकाशित

काठमाडौँ, १८ भदौ  नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी आबद्ध छन् । नाराको हरेक दुई वर्षमा निर्वाचन तथा प्रत्येक वर्ष साधारणसभा हुँदै आएको छ । जलयात्राका लागि साहसिक गन्तव्यको परिचय बनाएको त्रिशूली नदी विश्वका उत्कृष्ट नदीमध्ये एक हो । त्रिशूली नदीमा अहिले व्यावसायिक रूपमा जलयात्रा सञ्चालनमा छ । यस्तै, भोटेकोशी नदीमा पनि धेरै जलयात्री मनोरञ्जन लिन जाने गरेका छन् । नेपालमा रहेका छ हजार नदीनालामध्ये त्रिशूली, कर्णाली, कालीगण्डकी, मस्र्याङ्दी, भोटेकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएका छन् । राजधानीबाट नजिक भएका कारण त्रिशूली नदीबाट नेपालको पहिला साहसिक जलयात्रा शुरु गरिएको थियो । –

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter