बिहिबार, ०६ बैशाख २०८१

आश्रममा दुई लाखको अक्षयकोष स्थापना

१८ भाद्र २०७६, बुधबार १२:०६ मा प्रकाशित

बागलुङ, १८ भदौ  बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गर्नुभएको हो । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताउनुभयो । कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित व्यक्तिहरुको सेवामा खर्च गरिने आश्रमका संयोजक सुमिरा लामाले बताउनुभयो । आश्रम दान र सहयोगकै भरमा चल्दै आएको छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् । मनोरोग, अपाङ्गता र गरीबीजस्ता कारणले सहराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter