शुक्रबार, १६ चैत २०८०

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

१८ भाद्र २०७६, बुधबार ११:४७ मा प्रकाशित

विराटनगर, १८ भदौ  पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९६६ छ । क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्निया, सुत्केरी महिला, ज्येष्ठ नागरिकलाई विशेष सेवा प्रदान गर्दै आएको सो अस्पतालमा पछिल्लो चरणमा होमियोपेथिक उपचार पनि शुरु गरिएको आयुर्वेद चिकित्सक अनिलकुमार यादवले जानकारी दिनुभयो । केही समयपछि फिजोयोथेरापी, ल्याब सेवासमेत सञ्चालनमा आउने सो अस्पतालमा बिरामीको चाप बढ्न थालेको अनुभव भइरहेको उहाँले बताउनुभयो । अहिले विराटनगर महानगरपालिकाले पनि एक जना वैद्यको सुविधा प्रदान गरेको छ । यसबाट अस्पताललाई सेवा प्रदान गर्न सजिलो भएको चिकित्सक यादवको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter