शुक्रबार, ०७ बैशाख २०८१

बसले ठक्करले एकको मृत्यु

१७ भाद्र २०७६, मंगलवार १३:२६ मा प्रकाशित

जुम्ला, १७ भदौ  कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मुगुका धनबहादुर बुढाले सोमबार राति जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि सुरक्षा संयन्त्रमार्फत घाइतेलाई उपचारका लागि राति नै उक्त अस्पताल पु¥याइएको थियो । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter