शुक्रबार, ०७ बैशाख २०८१

खरको छानोमुक्त वडा बनाइँदै

१७ भाद्र २०७६, मंगलवार १२:५९ मा प्रकाशित

दमौली, १७ भदौ  तनहुँको ब्यास नगरपालिका–५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ । सो कार्यका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको तथ्याङ्क सङ्कलन शुरु गरिसकेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “हालसम्म दुई सयभन्दा बढी घरको तथ्याङ्क आइसकेको छ,” उहाँले भन्नुभयो, “पूरै तथ्याङ्क प्राप्त भएपछि खरको छानो विस्थापित कार्यक्रम शुरु गर्छौ । यस कार्यका लागि चालु आर्थिक वर्षको बजेट अपुग भए आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ । ” सङ्घीय सरकारको नीति बमोजिम जिल्लाका २५० घरधुरीमा चालु आर्थिक वर्षमा खरको छानो विस्थापित गरिँदैछ । ब्यास नगरपालिकाको ७ देखि १४ वडा, भीमाद नगरपालिका र रिसिङ गाउँपालिका अन्तर्गतका वडामा खरको छानो विस्थापित गरिने सरकारको कार्यक्रम छ । सङ्घीय सरकारमार्फत् ब्यास नगरपालिका–५ मा खरको छानो विस्थापित गर्न बजेट नपरेपछि वडाकै सक्रियतामा खरको छानो विस्थापित गर्न लागिएको र यसमा विपन्नलाई प्राथमिकता दिइने वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मानहँुको पर्यटन प्रवद्र्धनका लागि रु ६० लाख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा रु ६० लाख विनियोजन गरेको छ । धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित वडा कार्यालयले मानहुँकोटलाई प्राथमिकतामा राखेको हो । त्यहाँको पर्यटन प्रवद्र्धनका लागि रु ४० लाख, मानहुँ पदमार्ग र आमा समूहको अधुरो भवन निर्माणका लागि रु १० लाख र भित्तामा मानहुँकोट ब्यासल्याण्ड लेख्न रु १० लाख विनियोजन गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधन गुड्ने बाटोका साथै पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पदमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पु¥याइने लक्ष्य छ । सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा पर्दै आएको मानहुँकोटबाट दमौली बजार, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृङ्खलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल देख्न सकिने भएकाले पछिल्लो समय यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter