मङ्गलबार, ०४ बैशाख २०८१

लाखेनाच संरक्षणका लागि पहल

१७ भाद्र २०७६, मंगलवार ११:२२ मा प्रकाशित

दमौली, १७ भदौ  लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ । कुनै समय निकै प्रख्यात रहेको लाखेनाच आजभोलि लोप हुँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले लाखेनाचको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अहिलेको पुस्ताको दायित्व भएको बताउनुभयो । प्रतियोगितामा कास्कीको बाल गोपाल सेवा समिति प्रथम हुन सफल भएको छ । प्रतियोगितामा तनहुँको छङ्गेली नेवाःखल दमौली द्वितीय भयो भने कास्कीको देउराली नेवाःखल र भक्तपुरको विश्वकर्मा लाखे समाजले सान्त्वना स्थान हासिल गरेको छ । भेषवूषामा तनहुँको भीमसेन सेवा समाज र अनुशासनमा तनहुँकै नेवार समाज उत्कृष्ट घोषित भए । प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः नगद रु ४० हजार र रु २५ हजार प्राप्त गरे भने सान्त्वना हुने दुवै समूहले रु चार÷चार हजार प्राप्त गरेका छन् । प्रतियोगितामा तनहुँ, कास्की, पाल्पा, स्याङ्जा, काठमाडौँ र भक्तपुरका २५ समूहको सहभागिता रहेको प्रतियोगिताका संयोजक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विजयी समूहलाई पुरस्कार वितरण गर्दै नेवाः देवदबुका केन्द्रीय अध्यक्ष नरेशमान ताम्राकारले नेवार समुदायको संस्कृति वैज्ञानिकतामा आधारित रहेको बताउनुभयो । छङ्गेली नेवाःखल दमौलीका अध्यक्ष क्या तारालाल मल्लले लाखेनाच संरक्षणका लागि प्रतियोगिता आयोजना गरिनु सकारात्मक रहेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter