बिहिबार, १५ चैत २०८०

विज्ञानलाई विद्यालय तहदेखि जोडिने

१६ भाद्र २०७६, सोमबार १४:२० मा प्रकाशित

काठमाडौँ, १६ भदौ  ः विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो । दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित ४३ सदस्यीय मूल समारोह समितिको पहिलो बैठकले विज्ञानका क्षेत्रमा कार्यरत् निजी क्षेत्रको समेत दिवसमा प्रतिनिधित्व गराइ प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter