शनिबार, ०८ बैशाख २०८१

अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन

१३ भाद्र २०७६, शुक्रबार ११:३६ मा प्रकाशित

सुरुङ्गा, १३ भदौ  झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ । पाउरोटी उद्योग मदन राजवंशी र पानी उद्योग रमेशराज उपाध्याय तथा आनन्द आचार्यले सञ्चालन गरेको बताइएको छ । बजारमा अखाद्य बस्तु बिक्री हुने गरेको गुनासो बढेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिहीबार अनुगमन शुरु गरेको हो । अनुगमनका लागि कार्यालयका खाद्य निरीक्षक भरत पुरी, बिर्तामोड नगरपालिकाका प्रतिनिधि लक्ष्मीप्रसाद बाँस्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चकी सदस्य शीला उप्रेती, संवाद समूह झापाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी थिए । अनुगमन आज पनि गरिने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter