शनिबार, ०८ बैशाख २०८१

काठमांडौमा ईद मिलन कार्यक्रम सम्पन्न

८ भाद्र २०७६, आईतवार २०:५३ मा प्रकाशित

शमशाद आदिल

आज काठमाडौँको मैरिट होटलमा ईद मिलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट मुस्लिम इत्तिहाद मोर्चाको आयोजनामा भएको ईदुल अजहा भेटघाट कार्यक्रममा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, पूर्व गृहमंत्री बामदेव गौतम, कृषि मन्त्री बलदेव खनाल, श्रम मन्त्री गोकर्ण विष्ट, साउदी रुजदूतावासका राजदूत मोसैद अलमरवानी, यू ए ई का राजदूत सईद अननकवी, मुस्लिम इत्तिहाद मोर्चा का सह संयोजक अतहर हुसैन फारूकी, पूर्व हज समितिका अध्यक्ष ताज मोहम्मद मियां लगायत मुस्लिम बुद्धिजीवीहरूको उपस्थिति थियो ।
कार्यक्रममा ताज मोहम्मदले व्यक्तिको उद्धार भन्दा समुदायको उद्धार गर्न आजको आवश्यक्ता रहेको कुरा व्यक्त गरे ।कार्यक्रममा बोल्दै अतहर हुसैन फारुकिले आफूहरुले समुदायको मुद्दा उठानमा निरन्तरता दिने बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter