बुधबार, १२ बैशाख २०८१

नेपालको राजनीतिमा युवा वर्गको अवश्यक्ता

अख्तर अली खान

५ भाद्र २०७६, बिहीबार १६:३२ मा प्रकाशित

नेपाल मा विकास का स्रोतहरू धेरै भए पनि चाहे त्यो प्राकृतिक स्रोत होस् अथवा कृषि संवंधी होस् नेपाल अरु देश भन्दा धनी छ तै पनि विश्व जगतमा नेपाललाई अविकसित र गरीब देश भन्ने गरेका छन् यो चाही चिन्ता को विषय हो।
हामी संग विकास का विभिन्न साधनहरु भए पनि हामी विकास का मामला मा नीकै पछाडी हुनू को कारण के त?

विकासको मामला मा पछाडी हुने थुप्रै कारणहरु होलान् तर ती कारणहरु मध्ये प्रमुख कारण राजनिती मा युवा वर्गको निस्क्रियता हो युवा वर्ग स्वयं राजनीतिक मामला मा लापरवाही गर्ने गरेकाछन। केही युवाहरु राजनीतिक मामला मा सक्रिय छन् तर ती युवाहरुलाई हाम्रो पुरानो तथा आग्रज नेताहरुले अवसर बाट बन्चित राख्नुभएछ यो हाम्रो लागी दुर्भाग्यपूर्ण छ।
कुनै पनि देशको इतिहास पढनुस् प्रत्येक विकसित देशमा युवा वर्ग को ठूलो योगदानहरु छन् युवा विन कुनै पनि देश समृद्ध देश हुन सकदैन किन भने युवा वर्ग संग नयां जोश र जांगर हुन्छ ईमानदार हुन्छन् र धेरै काम गर्ने क्षमता हुन्छ त्यसैले पनि हामी युवावर्ग चाहे अनुसार देशको मुहार फेर्न सक्षम छौं।
यदी नेपाललाई विश्व जगतमा विकसित देश भनेर चिनाउने हो भने युवा वर्ग लाई अवसर दीनै पर्छ युवा वर्गलाई राजनीति मा सक्रिय बनाउनै पर्छ।

युवा वर्गलाई राजनीति मा कसरी लाउने?

युवा वर्गलाई राजनिति मा सक्रिय बनाउन को निम्ति सर्वप्रथम हामीलाई युवा वर्गको कमजोरीहरु बारे जान्न अति आवश्यक छ युवा वर्ग राजनितिक मामला मा निस्क्रिय हुने मूल कारण हो रोजगार रोजगार न पाएर नै युवा वर्ग विदेश जान बाध्य हुन्छन् र प्रत्येक दिन १५०० भन्दा बढी युवा रोजगारको लागी विदेश जाने गरेका छन्। विदेश जानेहरु मध्ये ५०% प्रतिशत भन्दा बढी को हाराहारीमा पढे लेखेका युवाहरु हुन्छन् नेपाल सरकारले ती युवाहरुलाई स्वदेश मै रोजगार सृजन गरी युवा पीढ़ी लाई राजनीतिक, आर्थिक र विकासको मामला मा सक्रिय बनाउनू पर्छ।

युवा वर्गलाई म अख्तर अली खान को तर्फ बाट संदेश।

अहिले हामी संग काम गर्ने क्षमता छ हामी क्षमतावान छौं हामी संग सोचने शक्ति छ हामी संग ज्ञान छ त्यसैले पनि देश प्रती को मोह माया फेसबुक सम्मा मात्र सीमित न राखौं आ-आफनो क्षमता, शक्ति र ज्ञान लाई देशको विकास मा प्रयोग गरौं र ती नेताहरु को विरोध गरौं जुन नेताहरुले हामीलाई अवसर बाट बन्चित गरेका छन हामीलाई नेतृत्व दिन बाट डराउछन किन भने ती नेताहरुलाई थाह छ कि युवा वर्ग ईमानदार हुन्छन् यीनिहरु सक्रिय भए भने हामीलाई भ्रष्टाचार गर्न मिल्दैन।

हामी युवा वर्गले यो कुरा बूझन अति अवश्यक छ कि हामी युवा वर्ग नै नेपाल का भविष्य हुन् हामीलाई नै नेतृत्व गर्नू पर्छ। अहिले देखी नै सक्रिय भई देशको राजनीतिक, आर्थिक अवस्था सुधारने अभियान मा जुटौं र नेपाल लाई समृद्ध देश बनाऔं।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter