मङ्गलबार, ०४ बैशाख २०८१

करेन्ट लागेर दुईको मृत्यु

३१ श्रावण २०७६, शुक्रबार १३:३४ मा प्रकाशित

पर्वत, ३१ साउन पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ । महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । घटनास्थलमा लुङ्खु प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । मृतकहरुको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter