शनिबार, ०८ बैशाख २०८१

दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

३१ श्रावण २०७६, शुक्रबार १०:४७ मा प्रकाशित

हेटौँडा, ३१ साउन हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter