बिहिबार, १३ बैशाख २०८१

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

३१ श्रावण २०७६, शुक्रबार १०:४० मा प्रकाशित

सुर्खेत, ३१ साउन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्नु हुने बुढाथोकीले जानकारी दिनुभयो । उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter