मङ्गलबार, ११ बैशाख २०८१

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

२९ श्रावण २०७६, बुधबार १३:०६ मा प्रकाशित

रियो डे जेनेरो, २९ साउन   सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ । सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा दिइआएको छात्रवृत्ति समेत रोकेको छ । विशिष्ट वैज्ञानिक तथा मेडिकल अनुसन्धान गर्ने धेरैवटा सङ्घीय विश्वविद्यालयले नयाँ भर्ना नलिइने बताएका छन् । प्रदर्शनकारीहरुले विश्वविद्यालयका निम्ति ल्याउने घोषणा गरिएका नयाँ कार्यक्रमको पनि विरोध गरेका छन् । विश्वविद्यालयहरुले सरकारले सार्वजनिक शिक्षामा लगानी गर्न अरुचि देखाएको र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न खोजेको बताएका छन् । ठूलो संख्याका सर्वसाधारणले सरकारले हालै ल्याएको सामाजिक सुरक्षा सुधारसम्बन्धी विधेयकको पनि विरोध गरेका छन् । उक्त विधेयकलाई संसदले स्वीकृत गरिसकेको छ भने ब्राजिलको माथिल्लो सदन सिनेटले अध्ययन गरिरहेको छ । उक्त विधेयकले कामदारले गरेको कामलाई बेवास्ता गर्दै हचुवाको भरमा अवकाशको न्यूनतम उमेर तोकेको विरोधकर्ताको भनाई छ । ––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter