बिहिबार, १५ चैत २०८०

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा

२६ श्रावण २०७६, आईतवार १४:५६ मा प्रकाशित

विराटनगर, २६ साउन नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने र बाढीको पानी गाउँशहर पस्ने समस्याको निराकरणका लागि महानगरको पश्चिमतर्फ रहेको केशल्या र पूर्वतर्फ रहेको सिङ्घीया नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको हो । केशल्या नदीको तटबन्धका लागि रु चार अर्ब २१ करोड ७० लाख ५६ हजार र सिङ्घीया नदीको तटबन्धका लागि रु एक अर्ब २१ करोड १६ लाख खर्च लाग्ने जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । विगतमा केशल्या नदीअन्तर्गत केशल्याघाटदेखि सन्ठीयासम्म करीब एक किलोमिटर निर्माण गरिएको तटबन्धको तारजाली तस्करले काटेर लगेपछि झन् समस्या उत्पन्न भएको विराटनगर–६ का सत्यजीवन चौधरीले बताउनुभयो । यी दुवै नदीसँग जोडिएका बस्तीमा पानी पस्न नदिन तटबन्ध गर्नुको विकल्प नभएको स्थानीयवासी राजेश डङ्गोलले जानकारी दिनुभयो । नदी नियन्त्रणको काम दिगोरुपमा हुन नसकेपछि बाढीका समयमा सम्बन्धित कार्यालयले अस्थायीरुपमा गर्ने काम खासै महत्व नहुने र यसबाट स्थानीय जनता पीडित हुनुपरेकाले यसतर्फ सरोकारवाला निकाय समयमै गम्भीर हुनुपर्ने स्थानीयवासीको माग छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter