मङ्गलबार, ११ बैशाख २०८१

मानव बेचविखनका अभियुक्त नौ वर्षपछि पक्राउ

२४ श्रावण २०७६, शुक्रबार ०९:५४ मा प्रकाशित

भद्रपुर, २४ साउन मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र रु पाँच लाख ३० हजार जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिप्रका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । यसैगरी, कनकाई नगरपालिका–२ जामुनखाडीका ६७ वर्षीय उदयनारायण गिरी र उनका ४० वर्षीय छोरा रनबहादुर गिरीलाई १३.८० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको छ । गिरीको घरको दराजमा लुकाएर राखेको सो अफिमसहित उनीहरुलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । विप्लव कार्यकर्ता रिहा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सचिवालय सचिव पुष्प अधिकारी आगामी दिनमा सो समूहमा नलाग्ने लिखित प्रतिबद्धता जनाएपछि विहीबार रिहा भएका छन् । मेचीनगर–१० घर भई हाल विर्तामोड–२ मा बस्दै आएका ४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौँ जान लागेको अवस्थामा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । रिहा भएलगत्तै रासससँग कुराकानी गर्दै अधिकारीले अब आफूले स्वतन्त्र जीवन बिताउन चाहेको र विप्लव समूहबाट राजीनामा पहिल्यै दिइसकेको बताउनुभयो । उहाँले विप्लव पार्टीले मे१प ६१० नंको मोटरसाइकल आफ्नो नाममा खरीद गरेको र हाल सो सवारीसाधन पार्टीले नै प्रयोग गरिरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागेयता झापामा १६ उच्चतहका कार्यकर्ता पक्राउ परेको र पाँच जना पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धतापश्चात रिहा भइसकेका छन् । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter