बिहिबार, १३ बैशाख २०८१

सेब भलिबल आजदेखि

२३ श्रावण २०७६, बिहीबार १०:२५ मा प्रकाशित

काठमाडौँ, २३ साउन सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । एक सय १७ टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उपविजेताले रु ५० हजार, तेस्रोले रु २५ हजार र चौथो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछ । गत संस्करणमा भन्दा यस वर्ष पुरस्कार राशिमा दोब्बरभन्दा बढीले वृद्धि गरिएको हो । गत संस्करणमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः रु ४० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार पाएका थिए । प्रतियोगिता सञ्चालन गर्न करीब रु चार लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । तीनदिने उक्त प्रतियोगिताका खेलहरु काठमाडौँको नयाँ बसपार्कमा हुनेछ । गत संस्करणको उपाधि आर्मीका दिल सुनार र प्रकाश थापाको जोडीले हात पारेका थिए । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter