बिहिबार, १३ बैशाख २०८१

मुस्लिम हरु को लागि पर्व (इदुल अज़हा ) को बिदा नैसर्गिक अधिकार हो

ताज मोहम्मद मियां

२० श्रावण २०७६, सोमबार ०९:४१ मा प्रकाशित

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद उल अजहा(बकर ईद) यहि २७ गते सोमबार पर्दैछ मेरो र सङ्गठन को तर्फबाट बकर ईद को शुभकामना, मुबारकवाद व्यक्त गर्दछु।

सम्पुर्ण धर्मावलम्बी हरुको पर्व को दिन नेपाल सरकारले सार्वजनिक बिदा दिनु पर्दछ यो सम्पुर्ण धर्मावलम्बी हरु को नैसर्गिक अधिकार हो राज्यले सबै धर्मावलम्बी हरुलाइ समान दृस्ठि हेर्नू र सम्मान गर्न सक्नु पर्छ, धार्मिक हिसाबले कसैलाइ काखा कसैलाइ पाखा जस्तो गरेर यो नेपाल ले पुर्णता पाउदैन, यो नेपाल देश निर्माणमा सबै समुदायको बराबर योग्दान छ। देश भित्र रहेका सबै धर्मावलम्बी हरु राज्यका सम्पत्ति हुन, तर राज्यको कुनै धर्म हुनुहुदैन, धर्म त जनताले हो मान्ने।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद उल अजहा को दिन सार्वजनिक बिदा घोषणा को स्मरण गराउन आज म र माननीय कलिला खातुन प्रधानमन्त्री ज्युको कार्यालयका मुख्यसचिव लोकदर्शन रेग्मी ज्यु सङ्ग भेटघाट भयो मुख्यसचिव र म एउटै जिल्ला एउटै ठाउका पनि परेउ। वाहा सङ्गको कुरा कानी अनुसार ईद उल फितर को बिदा निर्णय गर्नेबेलामा प्रधानमन्त्री ज्युले दुई ओटै बुदा एकै चोटि निर्णय गर्ने पक्ष मा हुनुहुन्थ्यो तर पछि बैठक मा (ईद उल अजहा) को समयमा नै निर्णय गरौला अहिले ईद उल फितर को मात्र निर्णय गरौ भन्ने सहमती अनुसार बैठक टुङ्गिएको रहेछ। र प्रधानमन्त्री ज्युको नै बिशेष जोड्ले तेतिखेर पनि सार्वजनिक बिदा भएको थियो। तर अहिले प्रधानमन्त्री ज्यु बिदेश मा उपचार को लागि जानू भएको छ वाहा २४ या २५ गते आउनी सम्भावना छ।

प्रधानमन्त्री ज्यु जानू अगि यो कुरा सम्झाउन नसक्नु हाम्रो पनि ठूलो कमजोरी देखियो, अहिले हामी प्रधानमन्त्री ज्युलाइ बिशेश सुत्र अनुसार जसरी भएनी सम्प्रक गर्न तिर लागेकाछौ। मुख्यसचिव ज्यु आफै लाग्नु भएको छ यो बिसयमा, जसरी भए पनि वाहाको कान मा कुरा पुर्याउन सफल भयौ भने वाहाले मुख्यसचिव ज्युलाइ निर्देशन गर्नसक्नु हुन्छ। समयमै यो सार्वजनिक बिदा घोषणा हुनसक्छ। आसाबादी रहौ हामी सबै। हाम्रो पार्टी नेकपा र मुस्लिम इत्तेहाद सङ्गठन (मोर्चा) पुर्णरुपले मुस्लिम समुदाय प्रति समर्पित र अधिकार दिलाउन सधै अग्रसरता देखाउदै आएको छ र आइन्दा पनि समर्पित रहि समुदाको अधिकारको लागि पार्टी र सरकार लाई सचेत गराइ राखिने छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter