शुक्रबार, १६ चैत २०८०

पत्रकार थापाको मृत्यु

१९ श्रावण २०७६, आईतवार १०:३८ मा प्रकाशित

जाजरकोट, १९ साउन नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध हुनुहुन्थ्यो । महासङ्घले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपुरणीय क्षतिका रुपमा लिएको नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सचिव हेमन्त केसीको विज्ञप्तिमा उल्लेख छ । पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासङ्घका महासचिव दीपेन्द्र शर्माले विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । स्व थापाको श्रीमती, दुई छोरा र दुई छोरी छन् । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter