बिहिबार, १५ चैत २०८०

बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

१५ श्रावण २०७६, बुधबार १३:५३ मा प्रकाशित

धम्बोझी, १५ साउन  ,,  यस आर्थिक वर्षमा २०७६÷७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताउनुभयो । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५÷७६ मा १०० जनाले अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताउनुभयो । बाँके निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी तथा अपराध अवैध व्यापारका ५४ वटा मुद्दा छन् ३७ वटा अदालतमा मुद्दा परेका छन् भने १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् । चोरी शिकारी गरेको आरोपमा ३३८ जना पक्राउ परेको उहाँले बताउनुभयो । गत आव २०७५÷७६ मा ३४ वटा मुद्दामध्ये १४ वटा मुद्दा जिल्ला अदालतमा र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । वन कार्यालयबाट १२७ जना पक्राउ परेका छन् । अधिकांश मुद्दा सुकुटीको व्यापार र जडीबुटीको व्यापार भएको कर्णाली प्रदेशको प्रवेशद्वारा हुम्लाबाट अवैधरुपमा व्यापार वन्यजन्तुको सुरक्षाको लागि संरक्षण चिन्ता बढेको सहायक संरक्षण अधिकृत थपलियाले बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५÷७६ मा वन्यजन्तु सडक दुर्घटनामा ७२ वटा मारेका थिए भने अघिल्लो आव २०७४÷७५ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थपलियाले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर क्षेत्र बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने रत्न राजमार्गमा ३० किलोमिटर निकुञ्जको क्षेत्रफल जोडिएको छ । वन्यजन्तु संरक्षण गर्ने क्रममा निकुञ्जले आव २०७४÷७५ मा ११ वटा र गत आव २०७५÷७६ मा ४३१ वटा वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४÷७५ मा निकुञ्जका वन्यजन्तुबाट क्षति भएका ३०५ घरधुरीमध्ये रु १४ लाख २८ हजार ७२ पीडितलाई राहत वितरण गरेको निकुञ्जले जनाएको छ भने गत आवमा ४१८ घरधुरीका परिवारलाई रु ६० लाख ९३ हजार ४२ राहत वितरण गरेको थपलियाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter