शनिबार, ०८ बैशाख २०८१

चितुवाको छालासहित दुई पक्राउ

१४ श्रावण २०७६, मंगलवार १५:५२ मा प्रकाशित

धनगढी, १४ साउन  ,, कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । छाला बिक्री गर्नका लागि गोदावरी नगरपालिकाको अत्तरियामा राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter