शुक्रबार, ०७ बैशाख २०८१

कृषिमा क्रान्ति ल्याउने गरी काम गर्न मुख्यमन्त्रीको जोड

१४ श्रावण २०७६, मंगलवार १५:४७ मा प्रकाशित

हेटौँडा, १४ साउन  ,,  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । बिरूवा रोप्दा भविष्यमा आम्दानी दिने खालका फलफूलका बिरुवा रोप्न जोड दिँदै मुख्यमन्त्री पौडेलले भाषण गरेर मात्र समृद्धि नआउने हुँदा मिहिनेत पनि गर्नुपर्छ भन्नुभयो । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि माटोमा गएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषि विकास बैक र प्रदेश सरकारको सम्बन्ध राम्रोसँग अगाडि बढेमा किसानका निम्ति हित हुने उहाँको भनाइ थियो । सोही प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बैंकसँग भएको सम्झौता तत्काल कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter