बुधबार, १२ बैशाख २०८१

साउदी रियाल सटासाटमा लाखौ ठगिए हजयात्री

५ श्रावण २०७६, आईतवार २३:०७ मा प्रकाशित

काठमाडौँ, ५ साउन. केयर खबर संवाददाता .

हजयात्रामा साउदी गई रहेका हजयात्रीहरू सँग रियाल साटासाट गर्ने क्रममा प्रति रियालमा एक रुपैया १२पैसा ठगिएका छन ।
हिजो साउन ४ गते सम्म प्रभु बैंकले ३० रुपैया ६२ पैसाको विक्री दरले साटासाट गरेको थियो ।
जबकी

साउन एक गते देखि प्रभु बैंक ले नेपाली रुपैया लाई रियालमा परिवर्तन गर्न आफ्नो एक्सजेंज काउन्टर लगाएको थियो ।

प्रभु बैंकको सो कुरालाई लिएर हजसमिति माथि चौतर्फ़ी जनदबाव सृजना भए पछि आज साउन पांच गते देखि नेपाल बंग्लादेश बैंक को मनी एक्सजेंज काउन्टर खटेको छ ।
आज नेपाल बंग्लादेशको काउन्टरले नेपाली २९रुपैया ८६ पैसाको दरले रियाल साटासाट भएको छ ।

फलस्वरूप आज हजयात्रीहरू ठगिन बाट जोगिएका छन ।
अर्को बैंक ल्याई सेवा उपलब्ध गराएकोमा आज हाजयात्री लगायत सर्वसाधारण जनताहरु हजसमिति माथि खुशी व्यक्त गरेका छन ।

प्रत्येक दिन करीब १५० जना भन्दा बढ़ी हजयात्रीहरू पैसा एक्सजेंज गर्ने गरेका छन। प्रायः प्रत्येक हजयात्री हरू लगभग पचीस सय रियाल लिएर जाने गरेको पाइएछ ।

यसरी ठगिएकोमा हजयात्रीहरुले दलालहरूको खोजी हुनु पर्ने बताएका छन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter