शुक्रबार, १६ चैत २०८०

क्याम्पसमा सौर्य उपकरण जडान

३ श्रावण २०७६, शुक्रबार १२:२५ मा प्रकाशित

दमौली, ३ साउन   ,,  समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण ९सोलार० जडान गरिएको छ । व्यास नगरपालिकाको रु पाँच लाखको सहयोगमा क्याम्पसमा सो उपकरण जडान गरिएको हो । उक्त नगरपालिकाले सोलार प्यानल, ब्याट्री, युपिएस, जेनेरेटर खरीदका लागि आर्थिक वर्ष ०७५÷७६ मा रु १२ लाख उपलब्ध गराएको थियो । सौर्य उपकरणमार्फत क्याम्पसको दोस्रो तलाका १२ कक्षाकोठा, विभागीय कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा बिजुलीबत्ती जडान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । सामुदायिक शैक्षिक संस्थाको कार्यक्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत नगरपालिकाले आव ०७५÷०७६ मा क्याम्पसलाई सहयोग गरेको थियो । सोही बजेटमध्ये रु आठ लाखको लागतमा जेनेरेटर खरीद गरिएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । “जेनेरेटरमार्फत विद्युत् कटौतीको अवस्थामा वैकल्पिक व्यवस्था गरिए पनि क्याम्पसमा ऊर्जाको आपूर्ति अपुग नै थियो”, हड्खलेले भन्नुभयो, “थप सौर्य ऊर्जाको व्यवस्थापनले क्याम्पसमा चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित भएको छ ।” कूल दुई हजार ५०० विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा छात्राको सङ्ख्या मात्रै ८० प्रतिशत छ । कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कूल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न समुदायको रहेको क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन ९क्युएए० को मान्यता प्राप्त गर्नाका साथै नेपालका एक हजार ८५४ क्याम्पसमध्ये एमबिएस कार्यक्रममा नेपालकै उत्कृष्ट पहिलो क्याम्पसको उपाधिसमेत यसले प्राप्त गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter