बिहिबार, १३ बैशाख २०८१

गुरु पूर्णिमाको अवसरमा रक्तदान

२ श्रावण २०७६, बिहीबार १३:५५ मा प्रकाशित

काठमाडौँ, २ साउन   ,,  गुरु पूर्णिमाको अवसरमा श्यामाश्यामधाम थिमिमा भक्तपुर रेडक्रसको सहयोगमा श्यामाश्यामधाम थिमिमा आयोजित रक्तदानमा ४९ जनाले रक्तदान गरेका छन् । तीन दिवसीय उक्त कार्यक्रममा राधामाधव समितिअन्तर्गतको विद्वत् समाजका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाले मानव सेवाश्रमका संयोजक रश्मि आचार्यलाई पाँच थान पलङ र दश थान बिछ्यौना प्रदान गर्नुभयो । सोही अवसरमा पशुपतिनाथ मन्दिरको रुद्रगाडेश्वरस्थित कृपालु वाटिकामा सरसफाइ गरिएको राधामाधव समितिका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी दिनुभयो । समापन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले यस पर्वले सबैलाई असल नागरिक बनाउन योगदान पु¥याउनाका साथै सबै गुरु तथा आध्यात्मिक उत्थानका लागि मार्गनिर्देश गर्नुभएका जगद्गरु श्रीकृपालुजी महाराजजस्ता गुरुप्रति श्रद्धा व्यक्त गर्नाका साथै उहाँहरूका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । थिमि नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मध्यकर्र्मीलगायत स्थानीय जनप्रतिनिधि र समाजसेवीका साथै एक हजार २०० भन्दा बढीे साधक–साधिकाको सहभागिता रहेको सो कार्यक्रममा विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाल, मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्म पौडेलले र गुरु पूर्णिमाका विविध विषयमा चर्चा गर्नुभएको थियो । कृपालु महाराजका नेपाली प्रचारक स्वामी हरिदासको संरक्षकत्वमा उक्त श्यामाश्यामधाम स्थापना गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter