बिहिबार, १३ बैशाख २०८१

दुई क्विन्टल म्याद गुज्रेको सामान नष्ट

२५ असार २०७६, बुधबार १५:५५ मा प्रकाशित

लहान, २५ असार   ,,  संयुक्त अनुगमन टोलीले सिरहा सदरमुकामस्थित विभिन्न पसलबाट करीब रु एक लाख मूल्य बराबरको म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले सदरमुकाम सिरहा र माड्र बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो । अनुगमनका क्रममा विभिन्न होटलमा म्याद गुज्रेको बियर, कोकाकोला, फेन्टालगायतका पेय पदार्थ तथा किराना पसलमा म्याद गुज्रेको मसला तेल, सागर दूध, राजनिवास, रजनिगन्धालगायतका करीब दुई क्विन्टलभन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । यस्तै मिठाई पसलमा मिठाई बनाउन प्रयोग गरिएका रङ मानव स्वास्थ्यमा असर गर्ने खालको पाइएको र ढक, तराजुसमेत कम तौलको पाइएकाले यी सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ । अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची नभएको भेटिएकाले त्यस्ता व्यवसायीलाई सात र १५ दिनको म्याद दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter