शुक्रबार, १६ चैत २०८०

तीन सय हजयात्री थप लैजाने प्रयासमा हज समिति

आधिकारिक जानकारी भोली आइतबार सार्वजनिक गर्ने: शमशेर मियां

२१ असार २०७६, शनिबार ०९:४४ मा प्रकाशित

शमशाद आदिल,
असार-१४
केयरखबर ,काठमाडौं

यस वर्ष२०७६ मा मुस्लिम धर्मावलम्बीहरू लाई हज गर्नको लागि तीन सय जना थपेर हजयात्रामा लैजान प्रयास हुदैछ ।
१२सय हजयात्रीहरूको उड़ान मिति सहित नामावली सार्वजनिक गरेको नेपाल हज समितिले थप तीन सय जना लैजाने गृहकार्य भई रहेको जानकारी दिएको छ।
साउदी सरकारका हज मन्त्रालयले हिजो शुक्रवार काठमाडौं स्थित साउदी राजदूतावासमा नेपाल बाट थप तीन सय जना को व्यवस्थापन गरि आउने हजयात्रामा आउन पाउने चिठी पठाएको छ । तर उक्त चिठी परराष्ट्र मन्त्रालय हुदै गृहमंत्रालय बाट स्वीकृत हुने कुरा आइतबार मात्र हुने छ ।
दुई साता अगाड़ी गृहमंत्री रामबहादुर थापा बादल ले स्वयं साउदी राजदूत लाई भेटेर हजयात्रीको संख्या बढाउन सम्बन्धित निकायमा पहल गर्न आग्रह गरेका थिए।
हज समितिका अध्यक्ष शमशेर मियांले थप हाजीहरूको व्यवस्थापन प्रक्रिया सहित आधिकारिक जानकारी भोली २२ गते आइतबार कार्यालय बाट सार्वजनिक गर्ने बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter