बिहिबार, १५ चैत २०८०

‘लाग्यो असार’ बजारमा

१३ असार २०७६, शुक्रबार १५:५८ मा प्रकाशित

काठमाडौँ, १३ असार  ,,  डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ बजारमा ल्याएको छ । गाउँघरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोहीअनुरुप असारे भाकासहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावन जेले जानकारी दिनुभयो । गीतमा नौ जना लोक गायकगायिकाले स्वर दिएका छन् । पुरुषतर्फ चर्चित लोकगायकहरु नवराज घोरासाइने, उद्धव कार्की, प्रभावन जे, शरण हुँमागाईं, विवेक चौलागार्इं, जीवन बडूको स्वर रहेको छ भने महिलातर्फ चर्चित लोकगायिका पार्वती कार्की, सपना कुवँर र मिङ्मा लामाको आवाज रहेको छ । गीतको शब्द तथा सङ्गीत संयोजन प्रभावन जे, एरेञ्ज भुवन प्रकाश बडूले गर्नुभएको छ । हेरुका लामाको नृत्य निर्देशन रहेको गीतमा कलाकार रश्मी भट्ट, योगराज दाहाल, सरोज दाहाल, विशाल ढकाल, विवेक चौलागाईं, आयुष्मा कार्की, रितु तामाङ, आर्या बस्नेत र सुजाता भट्टले अभिनय गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter