बिहिबार, १५ चैत २०८०

दुर्गममा खाद्य डिपो स्थापना,स्थानीय खुशी

५ असार २०७६, बिहीबार ११:५३ मा प्रकाशित

जाजरकोट, ५ असार  ,,  नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम ठाउँमा रहेको ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न बिक्री कार्य शुरु भए पछि स्थानीयवासी खुशी भएका छन् । ५०० क्विन्टल चामल स्वीकृत भई पहिलो चरणमा ४५ क्विन्टल लिएर ताँगा गएका कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले सेवा उद्घाटन भएको एक घण्टा नबित्दै खाद्यान्न बिक्री भएर सकिएको छ । खाद्यान्न कम उत्पादन हुने यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा सजिलै खाद्यान्न ढुवानी गरेर लिनसमेत कठिन रहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । गाउँपालिकाको पटक, पटकको पहलबाट नयाँ खाद्य डिपो स्थापनासँगै यहाँका स्थानीयले सहजरुपमा अनुदानको चामल पाउने आशा व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा ५०० क्विन्टल चामल कम भएको भन्दै कोटा बढाउन यहाँका स्थानीयले माग गरेका छन् । यस क्षेत्रमा खाद्य डिपो स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने वन तथा वातारणमन्त्रीको चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा पूरा भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter