बिहिबार, १५ चैत २०८०

हितकरको कथा सङ्ग्रह ‘मिजला’ अब अङ्ग्रेजीमा

१ असार २०७६, आईतवार १५:०६ मा प्रकाशित

काठमाडौँ, १ असार  ,,  नेपाल भाषाका कथाकार हितकरवीर सिंह कंसाकारको चर्चित कथा सङ्ग्रह ‘मिजला’ को अङ्ग्रेजी अनुवाद बजारमा आएको छ । उनान्चास वर्ष अघि लेखिएको उक्त कृतिको अंग्रेजी संस्करण नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । नौवटा कथा सङ्गृहीत यस पुस्तकको मूल्य रु १७५ राखिएको छ । पञ्चायती व्यवस्थाविरुद्ध खुलेर बोल्न र लेख्न नपाउने तत्कालीन समाजको यथार्थ चित्रण गर्ने र सामाजिक विकृतिलाई मार्मिक ढङ्गले कथामा उन्ने काममा कंसकार सिद्धहस्त मानिनुहुन्छ । च्वसापासाद्वारा शनिवार यहाँ आयोजित एक कार्यक्रममा प्रा डा सुन्दर कृष्ण जोशी र प्रा डा तेजरत्न कंसकारले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । अङ्ग्रेजी अनुवाद प्रा डा कंसकारले गर्नुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter