बिहिबार, १३ बैशाख २०८१

गोर्खा मुस्लिम समुदायद्वारा भब्यताका साथ इद कार्यक्रम सम्पन्न

रम्जान दिन मिया "समर्पण"

२३ जेष्ठ २०७६, बिहीबार १६:३४ मा प्रकाशित

२२ जेष्ठ २०७६  सिरानचोक गाउँपालिका, गोर्खा मुस्लिम समुदायद्वारा भब्यताका साथ इद मनाउनुको साथै एक आपसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।। इदुल फित्र २०७६ को पावन अवसरमा गोर्खा सिरानचोक गाउँपालिका स्थित मकुन्डाडा का मुस्लिम समुदायले पछिल्लो बर्ष जस्तै यस बर्षको इद पनि भब्यताका साथ मनाएका छन । ईस्लाम धर्मावलम्बीहरुको एक महिनाको व्रत (रोजा) सकिए पछि चन्द्रमाको उदय संगै इस्लामिक महिना साबान महिनाको पहिलो दिन मनाइने यो इदुल फित्र पर्व मुस्लिम समुदायले महान पर्वको रुपमा मान्दछन । जसमा बिहानै नुवाइ धुवाइ गरि केही मिठो चिज खाएर नयाँ नयाँ कपडा तथा अत्तर सेन्ट लगाएर सबैजना एक खुल्ला मैदान इदगाहमा गएर नमाज पड्ने र एक आपसमा इद को शुभकामना आदानप्रदान गर्ने गरिन्छ । भने सोही दिनमा अनिवार्य जकातुल फित्र (दान) निकाली गरिबहरुलाइ प्रदान गरोने गरिन्छ । हिजो नेपालमा परेको ईस्लाम धर्मावलम्बीहरुको इदुल फित्र पर्व देशभरका मुस्लिम बर्गहरुले हर्ष उल्लास का साथ मनाउदै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाउने क्रममा सिरान्चोक गाउँपालिका हर्मी मकुनडाडाका मुस्लिम समुदायहरुले पनि हर्ष उल्लासका एक बिशेष भोज कार्यक्रम गरि इद मनाएका छन । उक्त गाउँका युवा समुहहरुको सकृय भुमिकामा सम्पन्न उक्त ईद कार्यक्रम इदको नमाज (प्राथना) पढेर सकिए पछि १२ बजेदेखी सुरु गरिएको थियो । उक्त कार्यक्रममा सम्पुर्ण गाउँका समाजसेवी,भद्र भलादमि, बच्चा बच्ची, बुढापाका, महिला बर्ग सबैको उपस्थिति रहेको थियो । जुन कार्यक्रममा सम्पुर्ण उपस्थित जनसमुदायद्वारा एक आपसमा इद को शुभकामना आदान प्रदान गर्नुको साथै भोज कार्यक्रम गरि समापन गरिएको थियो । यसै क्रममा यस बर्ष सरकारले पनि मुस्लिम धर्मावलम्बीको इद पर्वका लागि सार्बजनिक छुट्टी प्रदान गरेकोमा सम्पुर्ण उपस्थित मुस्लिम बर्गहरुले सरकारलाई पनि धेरै धेरै धन्यवाद प्रदान गरेका थिए । उक्त कार्यक्रमका लागि अर्थिक, भौतिक तथा समाजिक सहयोग गर्नु हुने सम्पुर्ण युवाहरुलाइ आयोजक टिमद्वारा धेरै धेरै धन्यवाद प्रदान गरिएको थियो ।।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter