शनिबार, ०८ बैशाख २०८१

नेपाल हज समितिको आर्थिक लेनदेनको सूचनाको मांग

२५ श्रावण २०७५, शुक्रबार २३:४४ मा प्रकाशित

नेपाल सरकारको गृहमन्त्रलाय अंतर्निहित रहको नेपाल हज कमिटीले २०७५ सालमा सऊदी अरबमा पठाएको हाजिहरुको सम्बन्धमा भएको खर्च विवरणको प्रतिलिपिको मांग युवाहरुले गरेका छन ।
आज श्रावन २५ गते अपराह्न २ बजे गृहमन्त्रालयमा सूचना माग गर्दै निवेदन दर्ता गराएका शमशाद अहमद (आदिल), नईम अन्सारी र औरंगजेब अन्सारी सूचना उपलब्ध हुने बारे पूर्ण विश्वस्त रहेको कुरा ब्यक्त गरेका छन ।
नेपालको सविंधान २०७२ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ को उपदफा (१) तथा दफा ७ अनुसार सुचना तथा जानकारीहरुको प्रमाणित प्रतिलिपी उपलब्ध गराईदिन मांग गरेको निवेदक नईम अन्सारीले बताए ।
प्रायः हरेक बर्ष नेपाल हज कमिटी आर्थिक विवादमा पर्ने भएको कुरा कहाँ सम्म वास्तविकता सङ्ग नजिक छ भन्ने अध्ययन गर्नको लागि सूचनाको माँग गरेको निवेदक शमशाद अहमदले बताए ।
साथै यसले सम्बन्धित निकाय प्रति जनमानसमा रहको भ्रम निस्तेज गर्न सहूलियत गर्ने बताएका छन ।
सूचना अभियन्ता तथा निवेदक औरंगजेब अन्सारीले
मौलिक अधिकारलाई व्यवहारिकरण गर्दै हामीले मांग गरेको सूचनालाई अवश्य हज कमिटिले स्वागत गर्दै सूचना दिनु पर्ने दायित्त्व पूरा गर्नु पर्छ भन्ने बिचार प्रकट गरे ।

युवाहरुको यो कदमले हरेक ठाउँ क्षेत्रमा कार्यरत रहेको
निकायहरुलाई जावाफ़देहिता ,पारदर्शिता ल्याउनुको साथै नागरिकलाई राज्य प्रति बिश्वासिलो परस्पर सम्बन्ध बनाउन सघाउने छ ।
निवेदनमा मांग गरिएको सूचना बूंदाहरू:

१। यस गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल हज समितीमा रहेका व्यक्तिहरुको नाम,पद,ठेगाना र सम्पर्क नम्बर सहितको विवरणको प्रमाणित प्रतिलिपी ।
२। यस वर्ष २०७५ मा नेपाल बाट हज गर्न साउदी अरब गएका मानिसहरुको नाम, ठेगाना सहितको विवरणको प्रमाणित प्रतिलिपी ।
३। यस वर्ष २०७५ मा नेपाल बाट हज गर्न गएका मानिसहरुको भिसाको किसिम स–शुल्क वा निशुल्क सहितको विवरणको प्रमाणित प्रतिलिपी ।
४। यस वर्ष २०७५ मा नेपाल बाट हज गर्न गएका मानिसहरु बाट प्रति व्यक्ति भिसा वापत के कति शुल्क लिइएको छ उक्त विवरण सहितको प्रमाणित प्रतिलिपी ।
५। यस वर्ष २०७५ मा नेपाल बाट हज गर्न गएका मानिसहरुको भिसाको लागि प्रति व्यक्ति नेपाल स्थित साउदी अरब राजदुतको बैकं खातामा बुझाइएको जम्मा रकमको बैकं भौचर सहितको विवरणको प्रमाणित प्रतिलिपी ।
६। यस वर्ष कति जना नेपाली मुस्लिहरुका लागि साउदी अरबको सरकारले फ्रि भिसा, फ्रि टिकेट र अन्य सुविधाहरु निशुल्क हज गर्नका लागि उपलब्ध गराएको थियो । र ती कोटा मा क–कसलाई हज गर्नको लागि पठाइयो र ती व्यक्तिहरुलाई के–को आधारमा छनौट गरियो उक्त विवरण सहितको प्रमाणित प्रतिलिपी ।
७। यस वर्ष २०७५ मा हजयात्रीहरुको हवाई यात्राको लागि सम्बन्धित विमान कम्पनी सगं गरिएको भाडा सम्झौता र उक्त विमान कम्पनीको बैक खातामा जम्मा गरिएको कुल रकमको बैकं भौचर सहितको विवरणको प्रमाणित प्रतिलिपी ।
बोधार्थ ः
१। राष्टिय सुचना आयोग देवीनगर,बानेश्वर–१०, काठमाडौँ
२। गृह मन्त्रालय, सिहंदरबार, काठमाडौं
निवेदक
.शमशाद अहमद
.नइम असांरी
.मुहम्मद औरगंजेब असांरी

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter