बुधबार, १२ बैशाख २०८१

अपमानबाट उठेको जीवनः  ‘भैया’ र ‘खाते’

आफ्नो मात्रै पेशाको सम्मान गर्ने भावना रहेसम्म हाम्रो यश समाजमा यस्ता "भैया र खाते"रहि रहन्छन।राज कुमार महतो

१ श्रावण २०७५, मंगलवार १०:५४ मा प्रकाशित

 

यो कहानी हो साधारन मा पनि सर्वसाधारणको ,यो कहानी हो साईकलमा फलफुल,तरकारी तथा अन्य थोक बेच्ने भैयाको अर्थात हाम्रो लागि मेहनत गरि हाम्रो रसोईघर  सम्म तरकारी पुर्याउने भैयाको।यो कथा हो थोत्रो साईकलको।
म ‘शरद’ तर मैले आफ्नै नाम सुनेको मलाई धेरै भो।मेरो घर महोत्तरिमा छ।म एउटा गरिब परिवारमा हुर्केको मान्छे हू।म अहिले काठमांडाैमा साईकलमा तरकारी बेच्ने काम गर्दैछु। मलाई सबैले चिन्छन ,खै कसरी त्यो त थाहा छैन मलाई तर सबलाई मेरो नाम पनि थाहा रैछ।सबले मलाई “भैया”भन्ने गर्दछन।मेरो नाम ‘भैया’ किन परेको  पछि थाहा पाए।
यहाँ त गरि खान पनि कठिन रैछ भनी पछिनै थाहा पाए।गरिब भएर बाच्नु साह्रै कठिन रैछ यो माया रुपि सन्शारमा। त्यसमाथि ‘भैया’ ।गल्लीको कुकुरले पनि हेप्ने ।सम्बोधन गरिने शब्दमा न स्नेह छ, न आदार । ठाडै भनिदिन्छन्, ‘ओ भैया ।’
पसिना गन्हाउने कपडाको मैलो सर्ट, उस्तै पाइन्ट, गलामा गम्छा, खुट्टामा फ्याटफ्याटे चप्पल लगाएर तरकारी  बेच्दै  हिँड्ने मान्छेभित्र मानवीय संवेदना हुन्न र ? उनको चित्त दुख्दैन र ? उनको मन रुँदैन र ? उनलाई दु:ख पिर छैन र ? उनलाई जहान-परिवार पाल्ने बोझ छैन र ?तर, शहरभरिका मान्छेहरु भन्छन्, ‘ओ भैया, यसो गर, उसो गर ।’ ‘तपाई’ भन्न पनि कति गाह्रो ? सबैले ‘तिमी’ भन्नैपर्ने । हप्काउनैपर्ने ।‘गरिखान पनि कहाँ पाइन्छ र, ‘कसैले लखेट्छन्, कसैले पैसा थुतेर भाग्छन् ।’
सुरुसुरुमा साईकल किन्नु भन्दा पहिले  बानेश्वर चोकबाट  टाउकोमा ढाकी बोकेर दिनभर फलफूल बेचेर कोठा फर्कंदै थिए । दुई केटा आए मोटरसाइकलमा,जबरजस्ती खल्तीमा हात हाले । भएभरको पैसा खल्ती नै च्यातेर लगे अनि म हेरेको हेर्‍यै भए । देख्नेहरु, नदेखेझै गरे । त्यस रात मलाई खाना रुचेन । निद्रा परेन । दिनभर टाउकोमा भार बोकेर धुलोमैलो, गर्मी केही नभनी आर्जन गरेको पैसा क्षणभरमै लुटियो । दुःखको कमाइ थियो ।

अर्को पटक बिजुलीबजार पुलमा त्यस्तै दशा आइलाग्यो । तरकारी बेचेर साइकल डोहोर्‍याउँदै डेरातर्फ लाग्दै थिए । पुलकै मुखमा पुगेपछि एउटा केटोले बाटो छेक्यो । त्यसपछि अरु केटाहरु फुत्त-फुत्त निस्किए । खल्तीमा हात हाल्न खोजे । मैले टेरिन, पैसा बोकेको खल्ती समातेर यता र उता भागिहिँडे ।
मान्छेहरु ओहोर-दोहोर गरिरेहेकै थिए । बाटोमा गाडी गुडिरहेकै थिए । तर, कसैले विपतमा साथ दिन आएनन् । के, कसो भनेर सोध्दा पनि सोधेनन् । साइकल बाटोमा हुत्याइदिए । र, कुद्दै बबरमहलको प्रहरी कार्यलयमा पुगे । प्रहरीलाई खबर गरे । यसपाली पैसा चोरिएन ।

एक पटक हो र ? पटक-पटक भोगेकै छु यस्तो । बिहान,तरकारीको भारी बोक्नुपर्ने । दिनभर, हप्काई-दप्काई सहँदै तरकारी बेच्नुपर्ने । साँझ, दिनभरको कमाई लुटिन्छ भन्ने त्रास ।
यो शहरमा मैले कहिल्यै सम्मान पाएन । प्रेम पाएन। सधैँ अपहेलित भए । सधैँ त्रसित भए । आत्मग्लानी, भए, अपमानले थिचिदा-थिचिदा अब त बानी परिसक्यो । चाहे भैया भनोस्, चाहे हप्की-दप्की गरोस्, चाहे धक्का दिओस्, चाहे लात नै बजारोस् । चुपचाप पन्छिनुमै कल्याण छ भनी ठानेको छु । ‘हामीको आँखा रुँदैन’ उनी फिस्स हाँस्छन्, ‘तर, यहाँ रुन्छ ।’ यसो भनिरहँदा पनि मेरो हात आफ्नो छातीमाथि नै छ।

लेखक: राजकुमार महतो

दु:ख भुल्न कहिले काहीँ एक/दुई बोत्तल रक्सी ल्याउँछु,मासु ल्याउँछु। कोठमा बसेर साथीभाइसँग पिउँछु। पिएपछि रमाइलो लाग्छ रे । कहिले त पिएपछि दु:ख, पीडा मडारिएर आउँछ रे । त्यस्तो बेला घर सम्झन्छु, जहाँ म बस्न पाएको छैन। परिवार सम्झन्छु, जो सङ खुलेर बोल्न पायेको छैन। साथिभाई सम्झन्छु, जसलाई ढाप मार्दै आफ्नो कथा सुनाउन पाएकै छैन।
जीवनको लय टुटेको छ । धून छुटेको छ । तैपनि म दुखी छैन। दुखी नहुने एउटै कुरा छ, काम ।

काम गरिरहँदा मलाई टोकरी रित्याउने ध्याउन्न हुन्छ । टोकरी रित्याएपछि जतनसाथ पैसा जम्मा गर्ने ध्याउन्न हुन्छ । पैसा जम्मा भएपछि घर पठाइदिने ध्याउन्न हुन्छ । त्यसपछि पो मेरो मनमा सन्तोष हुन्छ ।

यति गर्न को खुशी-खुशी आउँछ र,म पनि त दुख परेर नै आको।दु:ख परेपछि के गर्नु त ?’बुबा बिते । म सानै थिए । तर, घरको जेठो । अब बुढी आमा र साना भाइ-बहिनीलाई खुवाउने-पिलाउने जिम्मा म माथि आइलाग्यो । जग्गा जमिन थिएन । खेती थिएन । चौपाया थिएन । उद्यम थिएन । आयआर्जनको स्रोत थिएन, केहीपनि । अब गर्ने के त ?

गाउँका ठूला-बडाहरु काठमाण्डु जान्थे, व्यापार गर्न । एक साँझ लाई पनि झ्वांक चल्यो । पैसा जोरजाम गरे । गाउँकै काका, दाजुहरुको हुलमा मिसिएर काठमाण्डु आइपुगे । काठमाण्डु आउँदा आफूसँगै ढाकी ल्याएका थिए । भएको ज्यायजेथा बस् त्यती नै ।
साथीहरुले कोठा भाडा लिएका रहेछन्, असनमा । कोठ सानो थियो । ओसिलो थियो । अँध्यारो थियो । बस्ने चाहिँ १० जना । राति साथीहरुले पकाएको राटी खाएर सुते, बिहान सबेरै उठ्नु थियो । उठे । साथीहरुले बल्खु लगे । तरकारीका साहु चिनाइदिए । एक ढाकी तरकारी  ल्याए र भेडासिंह, असन, इन्द्रचोक घुमे । यसरी चिच्याउँदै, ‘तरकारी-तरकारी’।

मलाई नेपाली बोल्न नआउने । इन्द्रचोकका नेवारले मैथिली  नबुझ्ने । भुक्तभोगी साथीहरुले सिकाइदिए, ‘न्यर्का बोल । यो भनेको दश रुपैयाँ हो ।’ यति भनेपछि खाँट्टी नेवारले बुझिहाल्छन् कि, ‘तरकारी किलोको १० रुपैयाँ ।’

सुरुको दिन कतिपनि समय लागेन, ढाकी रित्तिन । कोठा फर्किए । खाना खाएर सुते । फेरि बिहान पाँच बजे उठ्नु छँदैछ । तरकारी ल्याउनु छँदैछ । दिनभर ढाकीमा बोकेर बेच्नु छँदैछ । र, जीवन उसैगरी चलिरह्यो । उस्तै रहिरह्यो । साइकलको पाङ्ग्रा जस्तै । जति घुमेपनि, पुग्ने कहाँ हो र ? एउटै परिधीमा फन्को लगाउने न हो ।
थोत्रो साइकल र जीवनमा के फरक थियो र ? यता जोड्यो, उता खुस्कन्छ । यता टालटुल गर्‍यो, उता भ्वाङ पर्छ । चार महिना त चार इन्चको खल्ती भर्ने पैसा समेत भएन गाँठे !लौ !त्यो कुराहरु छोरौ,नत्र म अहिलेनै रुन थाल्छु।
त्यसमापनी सधै यस्ता कुरा सुन्नै पर्छ।ओ भैया, यो प्याजको कति ?
म:‘सौ रुपैयाँ’ ५किलो को,
ग्राहक: ‘यस्तो आँपको नि सय ?’
ग्राहक उम्काउन नचाहेर,
म: ‘असीमा लानुहोस्’

ढाकीको प्याज छामछुम गरेपछि  उपेक्षाको भावमा भनछन्  ‘छ्या यस्तो प्याज पनि कसैले लान्छ ?’र पनि बाटो लाग्छन् । यता म ग्राहकले छरपस्ट पारेको प्याज मिलाउन थाल्छु  ।
कहिलेकाही त पस्ले दाईहरुलेपनी खेद्छन, मैले सस्तोमा दियो भने उसको बिक्दैन भनेर ।’
सडकमा हिँड्दै तर्कारी बेच्दा स्थानीय फलफूल पसलेले देख्नै नसक्ने । सडक किनारमा प्रहरीले देख्नै नसक्ने । आखिरमा कुनै पर्खालमा आफ्नो अड्डा जमाउछु। अनि त्यही झगडा गर्न आईपुग्छन स्थानीय पसलेहरु ।

यति ईमान्दारीको साथ परिश्रम गर्दा पनि किन मैले सम्मान पाएको छुईन म अहिले सम्म भुझ्न सकिन।यहाँ सम्मान के पाउनु,माया को बोली सुन्नपनी तर्सेकैछु।राम्ररी बोल्न डराकैछु।अब त यहाँ काम गर्ने ठाँउ नै रहेन जस्तो छ।कहिलेकाही यहाँबाट भागु जस्तो लाग्छ तर बाध्यताको जन्जीरले जक्रेर रखेकै छ।

साच्चिकै यो सन्सारमा गरीब भई बाच्न सार्है गार्हो नै रैह छ।

अर्को दीन तर कहानी उहीँ फटफटे जुता,उहीँ मैलो कुर्ता र उहीँ शरदको।कहानीको परिवेश चाहिँ उहीँ तर मर्म चही फरक!
बुवा बित्नु भएपछी गाउको ठुलाबडा सङ भएभरको सम्पती ‘छिटा’ बोकि काठमाडौं आई मेहनतको साथ तरकारी बेची जिवनयापन गर्दागर्दैपनी अपमान रहित जिवन बाच्न बाध्य रहेको जीवन त्यो दिन आफ्नो पैसा खोसिएपछी हतास निराश आफ्नो कोठातिर लाग्यो।बाटो भरी आफुले कमाएको पैसा बारे सोच्न बाध्य नै थियो।उनी जसोतसो कोठासम्म पुगे र खाना बनाउने मन नभएपनी खाना बनाए तर आफ्नो खुनपसिनाको कमाई लुटपाट भएको त्यो कुराले उनलाई खान समेत दिएन।खाना नखाई सुत्न गएको शरदलाई निन्द्रा के लाग्नु,रात बित्दापनी चिन्तामा डुबेर छाना हेर्दै रहे।बिहान हुने बेलामा बल्लतल्ल उनी निदाए।
सधै बिहान ब्युझिने बानीले गर्दा उनी बिहानै उठे।आफ्नो दैनिकी सकाई तरकारी किन्न साईकल लिई आफ्नो गोजि समाए तर रित्तै गोजि रहेपछी उ साईकललाई त्यही रहेको पर्खालमा अडेश लगाई चिन्ताको मुद्रामा बसे र के पैसा बिना के गर्ने बारे सोच्न थाले।त्यतिकैमा त्यहाँ १२ बर्से कलिलो उमेर भएको एउटा बालक आईपुग्यो
।त्यो केटालाई देख्नासाथ शरद रीशाएको पारामा उसलाई हेर्नथाले।
उस्ले पहिरनको नाममा थोत्रो कमिज,फातेको पाईन्त र चप्पलको नाममा छाला मात्रै लगाएको थियो।त्यो केटा पटक पटक “शि…शी,बो..त..ल-२” गरि आफू सङ भएको काम नलाग्ने खाली शिशी बेच्न आग्रह गरिराह थियो।त्यसरी बोल्ने त्यो केटाको पनि आफ्नै दुखेसो , आफुले अरुको घरको फोहर उठाउदैमा आफू हेपिने त कहाँ को न्याय हो र भने सोच्थे।विभिन्न संस्थाले त्यै काम गर्दा धेरै नाम कमाउछन तर आफुले त्यस कामकै लागि “खाते” नमाकरन गरिएको छु।कुनै संस्थालाई त अहिले सम्म मैले “खाते” नामाकरन गरिएको मैले देखेको छैन।खै,मैले मैलो लुगा,फातेको कमिज,र चप्पल न लगाएकोले कि सानो उमेर भएकोले सबैले मलाई यस्तो भन्छ भन्ने मैले भुझ्नै सकिन।यदि यो मेरो पहिरनले हो भने यस्तो लुगा लगाउने मेरो पनि रहर रै न छ,त्यो त मेरो बाध्यता छ हजुर।कस्ले चाहेर यस्तो जीवन रोजेको हुन्छ र!
शरदले त्यो केटाले शिशीको लागि हल्ला गरेको सुनेर जिस्कियो र उसमाथि जोरजोरले बोल्न थाल्यो। यहाँ आफुलाई पैसा न भएर यहाँ काममा जान सकिन अनि त ‘खाते’लाई बोतल चाहियो।जा भाग यहाँबाट म सङ बोतल सोतल छैन।आफ्नो लागि ‘खाते’ शब्द सुन्दा उस्को मन रुन आयो तर पनि बडो बिनम्रताको साथ शरदलाई भन्यो कि दाई बोतल न भएसी छैन भन्दा हुन्थ्यो तर पनि तपाईं ले चाहिँ खाते नै भन्नू भयो।अरुले नबुझे पनि तपाईंजस्ताले बुझ्छन भन्ने आश थियो,अब त्यो पनि रहेन।
त्यो केटाको यस्तो शब्द सुनेर शरदको मनमा ठुलो धक्का लाग्यो।उन्ले आफू अपमानित भयेको पल सम्झियो।उनको मनमा धेरै कुराहरु चल्न थाल्यो।
आफुले त आफ्नो पिदा मात्र देख्दो रै छु,म कतिको स्वार्थी रै छु भनी सोच्न थाल्यो।आफुलाई त भैया भन्दैमा आपतबिपात पर्छ तर आफुले त उस्लाई खाते समेत भनी सके,उस्लाई कस्तो लाग्या होला।मजबुरी को कारनले आफुले तरकारी बेच्ने काम रोजियो तर ऊ पनि खुशी खुशी त्यो पेशामा छैन होला।ई सबै कुराहरुले उस्को मनमा पस्चातापको एउटा ठुलो घर बनायो।

अन्ततः भन्नुपर्दा आफ्नो मात्रै पेशाको सम्मान गर्ने भावना रहेसम्म हाम्रो यश समाजमा यस्ता “भैया र खाते”रहि रहन्छन।हामी सबैले आफ्नो लगायत सम्पुर्णको ठुलाबडा पेशाको सम्मान गर्ने भावना आफुभित्र जगाउनु आवश्यक रहेको छ।यस्तो भएपछि मात्र संघीय समाज तथा उन्नत भविश्यको कल्पना गर्न सकिन्छ।हामी सबैले सबैको सम्मान गरौ र सुखी भविश्यको निर्मान गरौ।र यो समाजमा भैया शब्द त होस तर त्यो शब्द ले सधै अपनत्व,र सम्मानको अनुभूति दियोस तथा अनवस्यक तरिकाले खाते शब्दको प्रयोग न होस।
यो कार्यलाई कुनै एकजनाले मात्रै गरेर नहुने भएकोले हामी सम्पुर्णलाई यस्कोलागि एककृत भई सङ्घर्स गर्नै पर्छ र हाम्रो समाजलाई समान्ता भएको समाजमा परिवर्तन गर्नै पर्छ।

                            राजु कुमार महतो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter