बिहिबार, १३ बैशाख २०८१

मुस्लिम समुदायको मुद्दा बारे संगठनहरुको आन्दोलन

मुस्लिम गठबन्धनले अधिवेशन गराउने गृहकार्यमा ब्यस्त

२३ असार २०७५, शनिबार २२:०९ मा प्रकाशित

शमशाद आदिल, केयरखबर

आज असाढ़ २३ गते राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनको केंद्रीय कार्यालय बागबज़ारमा बसेको सचिवालय समितिको बैठकले अधिवेशनको लागि संरक्षक समितिलाई गृहकार्य गर्न अह्राएको छ ।साथै सचिवालयको बैठकले सशक्त आन्दोलनको लागि पनि तयारी गरी रहेको गठबन्धनका प्रवक्ता मोहम्मद शाहिद अलिले जानकारी दिएका हुन ।जब गठबन्धनले अधिवेशनको कार्यविधि र बिधान आबद्ध रहेको हरेक संघ संगठनमा ४ महीना पहिला नै पुर्याएको थियो ।

विभिन्न संघ संगठन र राजनैतिक भातृत्व संगठनहरुको लूज फोरमको रुपमा रहेको मुस्लिम गठबन्धनले मुस्लिम मुद्दाहरू उठान गर्दै आए ता पनि बिगतमा आपसी समस्यामा अल्झेर समुदायको मुद्दा उठान गर्न कमजोर हुदै गएको छ ।
बर्तमान सरकारले गत चैत्र महीनामा राजपत्र मार्फ़त सार्वजनिक गरेको बिदाहरुको सूचीमा मुस्लिम समुदायको पहिचान जनाउने र धर्म निरपेक्ष भएको राष्ट्र लाई पुष्टि गर्ने आधारको रुपमा ईद ,बक़रईद र मोहम्मद जयन्ति जस्ता ३ दिनको बिदा लाई राष्ट्रिय बिदा बाट कटौती गरी समुदायिक बिदाको रुपमा स्थापित गरेको थियो।
समुदायिक बिदामा राखेर पर्वहरुको मान मर्यादामा आँच पुर्याउनुको साथै संघीय गणतन्त्र धर्मनिरपेक्ष राष्ट्रको उपहास भएको भन्दै मुस्लिम समुदाय सरकार प्रति आक्रोशित हुदै गयो ।
समुदायको पहिचान माथि हनन भएको बेला साझा सगठनको रुपमा रहेका तथा तत्कालीन एमाले निकट मुस्लिम इत्तिहाद संगठन र काग्रेस निकट मुस्लिम संघले समर्थन दिएको मुस्लिम गठबन्धन सँग कुनै सहकार्य नगरी आ आफ्नै तवरले सरकारलाई ज्ञापन पत्र बुझाउने कार्य गरेको थियो ।जबकि इत्तिहाद र मुस्लिम संघ समेत आबद्ध रहेको गठबन्धन पनि गृहमन्त्री समक्ष बारम्बार ज्ञापनपत्र बुझाउने कार्य गर्यो ।
क़तारमा रहेका नेपाली मुस्लिमहरुको एक कार्यक्रमको उद्घाटन गर्न गएका दिन नै क़तार बाट गठबन्धनका अध्यक्ष शमीम मिया अन्सारीको आह्वानमा नेपालको इतिहासमा मुस्लिम समुदायले पहिलो चोटी कालो पट्टी समेत बांधेर खुशिको दिन रहेको ईद पर्वलाई मातमको रुपमा मनाएका थिए । त्यति बेला नै प्रवास बाट पनि समर्थन पाएका अन्सारीले कतारको समुन्द्रको मजा लिई नेपाल फर्केर ढिलो भए पनि गठबन्धनलाई जागरूक गराउदै छन ।

#इत्तिहादको चर्तिकला
सत्तासीन पार्टीको भातृत्व विभागको रुपमा रहेको इत्तिहाद संग़ठनका नेताहरुले गठबन्धनले अधिवेशन नगराएको भन्दै समर्थन नगर्ने अभिब्ययक्ति जारी गरी आफ्नै तरीकाले आंदोलनमा होमिएका थिए ।
इत्तिहादले समुदायलाई आन्दोलन गरी रहेको भन्दै रमजान महीना भरी प्रायः   अफ्तार कार्यक्रमा ब्यस्त रह्यो।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई खुशी गरेर मांग पूरा गराउने आन्तरिक लक्ष्यका साथ हिडेका इत्तिहादले इस्लाम धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको मक्का , मदीना र गुम्बद खजराको फ़ोटोलाई थालमा राखेर मायाको चिनो समेत प्रदान गरेको थियो । उक्त चिनोलाई लिएर मुस्लिम युवाहरुले धार्मिक मूल्य मान्यतामा हनन गरेको भन्दै इत्तिहाद माथि रिस पोखेका थिए । ‛मांग सम्बोधन नभए कड़ा आन्दोलन गर्ने’ गत चैत्र १९ गते ज्ञापनपत्र मार्फ़त सर्वाजनिक गरेका इत्तिहादका अध्यक्ष सेराज फारूकी अहिले पनि ईद मिलन कार्यक्रममा ब्यस्त छन । इत्तिहादको अध्यक्ष रहेका महमूद खानको २०७० मा गोली लागि हत्या पनि भयो । खानको कार्यसमितिको

आठ वर्ष बीति सक्दा पनि सिंगो पार्टीको निगरानी समेत रहेको इत्तिहाद अहिले पनि आफ्नो सगठनको अधिवेशन गर्न नसकेर लूज फोरमको रुपमा रहेको गठबन्धनलाई अधवेशन नगरेकोले नै साथ नदिने आरोप लगाउनु मिथ्या ,झूठो निराधार रहेको र समुदायमा जवाफ़देहिता बाट बच्न खोजेको मात्र हो ।

गठबन्धनका सह संयोजकको हैसियतले यहि अषाढ १५ गते अभिब्यक्ति सार्वजनिक गरेका इत्तिहादका नेता ताज मोहम्मद मियाले भोली पल्ट बिहान गठबन्धन नै नभएको भने पछि उनको दोहोरो चरित्र उदाङगिएको थियो ।
मुस्लिम समुदायलाई छूट्टै क्लस्टरको रुपमा मान्यता दिलाउन इत्तिहादको पनि योगदान रहेको तर एमाले निकट मधेशी संग़ठनको उपाध्यक्ष लगायत विभिन्न
पदाधिकारीमा इत्तिहादका नेताहरुको उपस्थिति हुनु समुदायको पहिचानका लागि घातक रहेको छ ।
मुस्लिम गठबन्धनले डाकेको सचिवालयको बैठकमा इत्तिहादका पदाधिकारीहरुको आज उपस्थिति थिएन ।
अतः सत्तासीन पार्टीको भातृत्व सगठनको रुपमा रहेको इत्तिहादले अब सशक्त आन्दोलन गर्ला ? गर्ला भने आन्दोलनको रुप कस्तो हनेछ ?
की दातृ सगठनको पहिचान बनाउन मै सीमित हुन्छ इत्तिहाद ?

मुस्लिम संघको आन्दोलन र उपलब्धि

लगभग छ बर्ष पछि एकाएक कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाले मुस्लिम सघको अधिवेशन गराए । अधिवेशन गरी तयार भएको नया कार्यसमितिले ईद बिदालाई पुनः राष्ट्रीय सार्वजनिक बिदाको रुपमा स्थापित गराउन सडकमा समेत उत्र्यो तर मुस्लिम संघको मांगलाई कांग्रेस पार्टीका सभापति लगायत नेतृत्व तहको अगुवाले सम्बोधन गरेनन । सरकारको विपक्षी रहेको काग्रेसले पनि मुस्लिम समुदायको भोटलाई आकर्षित गर्नमा मात्र मुस्लिम संघ लाई सीमित गर्यो ।
आज मुस्लिम गठबन्धनको सचिवालय बैठकमा मुस्लिम संघका पदाधिकारी हरु उपस्थित थिए ।

मुस्लिम मुक्ति मोर्चाको आन्दोलन र मौनता

तत्कालीन माओबादी केन्द्र निकट रहेको मुस्लिम मुक्ति मोर्चाले छुट्टै नगई गठबन्धनकै साथ रह्दै आएको छ । मुस्लिम मुक्ति मोर्चाका महासचिव रहेका ज़ाकिर हुसैन मुस्लिम गठबन्धनको पनि महासचिवमा छन ।यद्धपि
मुस्लिम मुक्ति मोर्चाका नेताहरुले पनि बैशाख २४ गते“ बिदा नपाए ईदको भोली पल्ट देखि नै आन्दोलन गर्ने” कुरा माओबादी केन्द्रका नेता देव गुरुंग मार्फ़त पार्टीमा खबरदारी गरेका थिए ।तर सत्तासीन पार्टीको संगठन मुक्ति मोर्चा पनि मौन धारण नै गर्यो ।

यद्धपि मोर्चाका अध्यक्ष अतहर फारूकी गठबन्धन मार्फ़त ज्ञापनपत्र बुझाए र ईद बिदा न पाए राजीनामा दिने भनेका थिए ।

 मुद्दा सम्बोधन गराउने आधार 

अन्त्यमा अब समुदायको मुद्दाको बोझ मुस्लिम गठबन्धनले कति दिन सम्म थेग्न सक्छ ?
जबकि गठबन्धनका अध्यक्ष र महासचिव दुबै सत्तासीन पार्टीका नेता हुन !
शिक्षा मन्त्रालयको एम. बी. बी .एस .को आरक्षण कोटा र राष्ट्रीय सभा मुस्लिम बिहीन भएको मुद्दा लाई निरन्तर फ्लोअप नगरेको गठबन्धनले ईद बिदाको मुद्दा लाई फलोअप गर्छ त ?
समग्र मुस्लिमको साझा सगठन भएको दाबी गर्ने मुस्लिम संगठनले किन आन्दोलनमा ३ महीना भन्दा बढ़ी ढिलो गर्दै छ ?
अब मुस्लिम समुदायले आफ्नो नेतृत्वको पहिचान सहित आन्दोलनमा जान खोजी रहदा गठबन्धनको अधिवेशनबाट आउने कार्यसमितिको भरमा बस्नु कतिको उचित हनेछ भन्ने कुरा मुस्लिम समुदायले तय गर्नु पर्छ ।

सशक्त रुपमा सत्तामा रहेका नेपाल कम्युनिस्ट पार्टीका भातृत्व संगठनहरुले कति सम्मको आन्दोलनमा होमिन्छन त ? या बिगतमा देखिए झै अब मुद्दा सम्बोधनको लागि मुस्लिम समुदायले निर्वाचनलाई कुर्नु नै पर्छ त ?

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter